१२ मंसिर २०८१, बुधबार

जरवान्डाबासी भारी करबृद्धिको बिरोधमा

प्रकाशित मिति :  20 June, 2021 12:03 pm


कोहट । पाकिस्ताको जरवान्डाका स्थानिय बासिन्दाले मंगलबार कोहाट क्यान्टोनमेन्ट बोर्डले गरेको भारी कर बृद्धिको बिरोधमा उत्रेका छन्।

पाकिस्तानी सेनाद्धारा संचालित क्षेत्रमा क्यान्टोनमेन्ट बोर्डले भारी शुल्क बृद्धि गरेको स्थानीय कोहट तहसील नगरपालिका प्रशासनसँग संगै बिरोध गर्दै ज्ञापन पत्रपनि बुझाएका छन्। पेशावर हाईकोर्टले यस भन्दा पहिले क्यान्टोनमेन्ट बोर्डलाई उक्त क्षेत्रको सीमांकनको फैसला सुनाउनको लागि आयोग गठन गर्न निर्देशन दिएको थियो। प्रदर्शनकारीहरूले उच्च अदालतको फैसला बिपरीत शिविर बोर्डले आयोग नै गठन नगरी एकतर्फि कर बृद्धि गरेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस !