८ माघ २०८१, मंगलबार

धादिङमा निषेधाज्ञाको समयमा पनि घुससहित वन कार्यालयका प्रमुख पक्राउ

प्रकाशित मिति :  20 June, 2021 3:25 pm


काठमाडौं । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका प्रमुख ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल घुस रकमसहित पक्राउ परेका हुन् ।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने भन्दै पौडेलले घुस लिएको अख्तियारको आरोप छ ।

प्रमुख पौडेललाई कार्यकक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !