८ माघ २०८१, मंगलबार

१८ केजी गाँजा र ७ लाख रुपैयाँसहित ६ जना पक्राउ

प्रकाशित मिति :  20 June, 2021 3:42 pm


मोरङ । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका–१३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सूर्य राई छन् ।

यस्तै भारतीय नागरिक भारत अररिया फार्बिजगञ्जका १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली ७ लाख १६ हजार ६ सय रुपैयाँ, भारतीय २ हजार लगायत विभिन्न कम्पनीको मोबाईल ६ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नम्बरको मारुती भेन र उनीहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत बरामद गरेको छ ।

पक्राउ परेका मध्ये सूर्य राई भ्यान चालक हुन् । पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।



प्रतिक्रिया दिनुहोस !