७ आश्विन २०८१, सोमबार

अर्घाखाँची अस्पताललाई माओवादी केन्द्रको स्वास्थ्य सामाग्री सहयोग

प्रकाशित मिति :  20 June, 2021 9:55 pm


अर्घाखाँची । नेकपा माओवादी केन्द्रले अर्घाखाँची जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

एक कार्यक्रमकाबीच जिल्ला संयोजक ठाकुर कुमार विकले अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा. अमृत भट्टराईलाई अक्समिटर, थर्मोगन पिसिई माक्स सेनिटाइजर लगायतका स्वास्ग्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

संयोजक विकले कोरोना महामारीका बेला रातदिन खटी आफ्नो ज्यानको प्रबाह नगरी जनताको सेवा जुटेका डाक्टर, नर्स स्वास्थ्यकर्मीहरूलाई धन्यवाद प्रकट गरे ।

अस्पतालमा उपचारमा रहेका बिरामीलाई सिघ्र स्वास्थ्यलाभको कामना गरे । माओवादी केन्द्रले पत्रकार महासंघ जिल्ला शाखालाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !