५ आश्विन २०८१, शनिबार

भारत लोकतन्त्र र अभिव्याक्ति स्वतनत्रताप्रति प्रतिबद्ध छ – मोदी

प्रकाशित मिति :  21 June, 2021 7:54 am


नयाँ दिल्ली । जी सेभेन सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्र र अभिव्याक्ति स्वतन्त्रताप्रति भारत प्रतिबद्ध रहेको बताएका छन् ।
यो बर्षको जी सेभेन २०२१ सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले लोकतन्त्र र अभिव्याक्ति स्वतन्त्रतामा भारत प्रतिबद्धता रहेका कारण जी सेभेन राष्ट्रहरुको साझेदार रहेको बताएका छन् । साथै, जी ट्वान्टि राष्ट्रहरुमध्ये पेरिस जलवायु सम्झैताप्रति प्रतिबद्ध रहने एक मात्र मुलुक भारत रहेको पनि प्रधानमन्त्री मोदीले दाबी गरेका छन् ।

ठुला अर्थतन्त्र भएका सात राष्ट्रहरुको सहकार्य समुह जी सेभेनको ४७ औँ सम्मेलन बेलायतको अध्यक्षतामा यहि जुन ११ देखि १३ मा सम्पन्न भएको हो । बेलायतको कर्नवाल शहरमा आयोजित जी सेभेन सम्मेलनमा उपस्थित प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । जी सेभेन सदस्य मुलुकहरु बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका सरकार प्रमुखहरु उपस्थित सम्मेलनमा भारत, अस्ट्रेलिया,दक्षिण कोरिया तथा दक्षिण अफ्रिका पनि पाहुना राष्ट्रको रुपमा उपस्थित थिए । ठुला अर्थतन्त्र भएका बीस राष्ट्रहरुको सहकार्य समुह जी ट्वान्टिमा भने भारत पनि सदस्य राष्ट्र रहेको छ ।



प्रतिक्रिया दिनुहोस !