५ आश्विन २०८१, शनिबार

ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान सञ्चालन गरिदै

प्रकाशित मिति :  21 June, 2021 8:05 am


नयाँ दिल्ली । भारतको तेलंगना राज्य सरकारले ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान सञ्चालन गर्ने भएको छ ।

तेलंगना सरकारले वल्र्ड इकोनोमिक फोरम, नीति आयोग र हेल्थनेट ग्लोबलको साझेदारीमा मेडिसिन फ्रम द स्काई अभियान सञ्चालन गर्ने भएको हो । यो अभियान अन्तर्गत ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप तथा औषधि सामाग्री वितरण गर्ने योजना रहेको छ । भारतमा ड्रोनबाट खोप वितरण गर्ने तेलंगना पहिलो राज्य भएको सुचना तथा प्रविधि मन्त्री केटी रमा रावले बताए ।

यो योजना जुन महिनाको अन्तिम साताबाट शुरु हुने अपेक्षा गरिएको छ । भबिष्यमा स्वास्थ्य सेवा क्षेत्रमा ड्रोनको प्रयोग गर्न रणनीति तथा नीति अबलम्बन गर्ने उदेश्यले यो अभियान शुरु गरेको सुचना प्रविधि सचिव जयस रन्जनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !