७ आश्विन २०८१, सोमबार

एमाले प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिलाई निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति :  21 June, 2021 1:37 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेकपा एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई निष्कासन गरेको छ । आज भर्चुअल विधिबाट बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टीबाट निष्सन गर्ने निर्णय गरेको हो।

बैठकले २ नगर प्रमुख,६ उपप्रमुख,१ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष,४ वडाअध्यक्ष गरी १४ जनालाई कारबाही गरेको हो।

कारबाही पर्नेमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा    छन् ।

यस्तै रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साहलाई पनि निष्कासन गर्ने माओवादी बैठकले गरेको छ ।

उनीहरु सबै माओवादीमा नरहेको जानकारी निवार्चन आयोगलाई दिने तयारी भएको माओवादी केन्द्रले जनाएको छ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा कायम भएपछि कतिपय नेता तथा जनप्रतिनिधिहरु एमालेमै रहेका थिए । एमालेमा रहेकालाई माओवादी केन्द्रले कारबाही गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !