५ माघ २०८१, शनिबार

साताको दोस्रो दिन पनि नेप्सेमा पहिरो, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति :  21 June, 2021 4:37 pm


काठमाडौ । साताको दोस्रो दिन पनि सेयरबजारमा पहिरो गएको छ । सोमबार ७१ अंकले बजार ओरालो लागेको छ भने कारोबार रकम पनि घटेको छ । धितोपत्र बोर्डले विज्ञप्ती जारी गरेपछि लगानीकर्ता आत्तिएर नाफा बुक गर्न तिर लागेकोले बजारमा करेक्सन आएको विज्ञहरु बताउँछन् ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो ।

पाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ८.३७ अंकले घटेर ५२०.१८ अंकमा पुगेको छ ।
आज नेप्समा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर मूूल्य राताम्ये बनेको छ ।

आज वित्त र जलविद्युत समूह सर्वाधिक ५.२० प्रतिशतले ओरालो लागेका छन् । विकास बैंक समूह ४.६० प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५१ प्रतिशत, लगानी समूहमा ०.४९ प्रतिशत, जीवन बीमा समूहमा २.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८१ प्रतिशत, लघुवित्त समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८९ प्रतिशत, अन्य समूहमा २.४० प्रतिशत र व्यापार समूहमा ०.८४ प्रतिशतको गिरावट आएको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल पूर्नबिमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब ३० करोड ६१ लाख १५ हजार ६सय १४ रुपैयाँको कारोबार भएको छ । त्यस्तै सर्वाधिक कारोबार हुने कम्पनीहरूमा क्रमश हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नागरिक लगानी कोष, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

सोमबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड संस्थापक सेयर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल टेलिकम, बरूण हाइड्रोपावर लगायतका कम्पनी रहेका छन् ।

सोमबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश युनिभर्सल पावर, गुहेश्वरी मर्चेन्ट, युनियन हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावर लगायतकाका कम्पनी रहेका छन् ।

नेप्सेमा आज कूल २२७ वटा कम्पनीको २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !