अर्घाखाँचीमा निषेधाज्ञा खुकुलो, बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म पसल खुल्ने
प्रकाशित मिति : 21 June, 2021 4:21 pm
अर्घाखाँची । अर्घाखाँचीमा निषेधाज्ञा थप भएको छ ।
कोरोना संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी निषेधाज्ञा असार १५ गते मङ्गलबार राती १२ बजेसम्मका लागि थप गरिएको हो ।
अर्घाखाँचीमा आज राति १२ बजेदेखि निषेधाज्ञा सकिदै थियो । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलद्वारा जारी सूचनामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो १ बजेसम्म खुल्दै आएकोमा भोलिदेखि होटल, रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्न पाउने उल्लेख छ ।
विद्यालय, कलेज, तालिम केन्द्र, होटल, रेष्टुरेन्ट, शैलुन पसलहरु पूर्णरुपमा बन्द रहने छन् । त्यस्तै मन्दिर तथा धार्मिक स्थलहरूमा पनि नित्यपुजा बाहेक अन्य गतिविधिमा समेत रोक लगाइएको छ ।