८ माघ २०८१, मंगलबार

राष्ट्रिय संगीतकर्मी संघ कास्कीद्वारा राहत वितरण

प्रकाशित मिति :  21 June, 2021 5:18 pm


कास्की। राष्ट्रिय संगीतकर्मी संघ कास्कीले आज पोखरा महानगरमा भाडामा बस्ने, दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्ने २२ घर परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड १९को कारण सबै क्षेत्र प्रभावित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको भन्दै यो पटक पनि राहत वितरण गरिएको सह सचिव तथा राहत वितरण कार्यक्रमका सहसंयोजक राजन सुवेदीले जानकारी दिए ।

कलाकारहरूलाई मात्रै सहयोग गर्दै आएकोमा यस पटक समस्यामा परेका जो कोहीलाई केही मलम लगाउनका लागि राहत वितरण गरेको संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए ।

राष्ट्रिय संगीतकर्मी संघ कलाकारको हकहितसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै जाने संस्था रहेको संघ गण्डकी प्रदेश सदस्य तथा कास्की जिल्ला ईन्चार्ज लिला पौडेलले बताए ।

राहत वितरण लकडाउन अबधि भर रहने कार्यक्रम सहसंयोजक राजन सुवेदीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !