५ आश्विन २०८१, शनिबार

जम्मु काश्मीरमा सेनाद्धारा कोभिड १९ बिरुद्ध खोप अभियान

प्रकाशित मिति :  22 June, 2021 8:24 am


जम्मु काश्मीर । भारतको जम्मु काश्मीरमा सेनाले कोभिड १९ बिरुद्ध खोपबारे घरदैलो अभियान सञ्चालन गरेको छ ।

भारतमा कोरोना भाइरसको माहामारी जारी रहेको बेला जम्मु काश्मीरमा कोभिड १९ बिरुद्ध खोप अभियानमा सेना सक्रिय भएको हो । जम्मु काश्मीरको ग्रामिण क्षेत्रहरुमा खोप लगाउन सेनाले घरदैलो कार्यक्रम गरेको छ । खोप लगाउने अभियानमा नियन्त्रण रेखा सीमा क्षेत्रको अन्तिम बस्ति केरानी गाउँमा सेना र स्वास्थ्यकर्मीको समुह पुगेका छन् । भारतीय सेनाले जम्मु काश्मीरस्थित दुर्गम क्षेत्रहरुमा खोप लगाउने अभियानमा केन्द्र शासित प्रशासनसँग सहकार्य गरेको हो ।

केरानी गाउँका सबै मानिसहरुले खोपको पहिलो डोज लगाएको सैन्य डाक्टर क्याप्टेन सदिक अर्मनले बताए । दुर्गम टाढा क्षेत्रका मानिसहरु खोप लगाउन केन्द्र शहरहरुमा आउन नसक्ने अबस्थालाई मध्यनजर गर्दै त्यस्ता क्षेत्रमा घरदैलो कार्यक्रम गरेको उनले बताए । सेनाले कोभिड १९ बिरुद्ध सुरक्षा मापदण्ड तथा खोपबारे जनचेतना अभियान पनि चलाएको छ ।



प्रतिक्रिया दिनुहोस !