५ आश्विन २०८१, शनिबार

उइघुरको बिषयमा चीनबिरुद्ध प्रस्ताव पेश गर्ने बेल्जियमका एक सांसदलाई चीनले लगायो प्रतिबन्ध

प्रकाशित मिति :  22 June, 2021 8:31 am


बेईजिङ । चीनले बेल्जियमका एक सांसदलाई प्रतिबन्ध लगाएको छ ।
चीनमा अल्पसंख्यक उइघुर समुदाय बिरुद्धको दमनले नरसंहारको रुप लिन सक्ने भन्दै बेल्जियमको संसदमा प्रस्ताब पेश गर्ने सांसदलाई चीनले प्रतिबन्ध गरेको हो । चीनमा उइघुर जातिबिरुद्धको मानव अपराधले नरसंहारको रुप लिन सक्ने भन्दै बेल्जियम संसदमा केही साता अघि प्रस्ताब पारित भएको छ ।

बेल्जियम सरकारले चीनसँगको सुपुर्दगी सम्झौता तथा यूरोपेली संघ र चीनबीच लगानी सम्बन्धि सम्झौता भंग गर्नुपर्ने प्रस्तावमा माग गरिएको छ । बेल्जियम संसदको यो कदमपछि प्रस्तावक सांसद साम्युल कोगोलटीलाई चीनले प्रतिबन्ध गरेको छ । सिन्जियाङको सामाजिक स्थायीत्व र चीनको समग्र विकासमा बाधा पुर्‍यउने उदेश्यले उइघुर बिरुद्ध नरसंहार भएको झुटो आरोप लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले टिप्पणी गरे ।

चीनमा उइघुर बिरुद्ध नरसंहारको अबस्था पहिचान गर्न बेल्जियम संसदको कमद महत्वपूर्ण रहेको निर्वासित उइघुर समुदायको अन्तराष्ट्रिय संगठन वल्र्ड उइघुर कंग्रेसले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !