५ आश्विन २०८१, शनिबार

स्थानीय प्रतिभा तथा रोजगार सिर्जनाको लक्ष्यसहित जम्मु काश्मीरमा नयाँ फिल्म नीति

प्रकाशित मिति :  22 June, 2021 8:35 am


जम्मु काश्मीर । भारतको जम्मु काश्मीर प्रशासनले स्थानीय क्षेत्र प्रबद्र्धन तथा रोजगार सिर्जना लागि नयाँ फिल्म नीति अबलम्बन गर्ने भएको छ ।

जम्मु काश्मीरमा स्थानीय पर्यटन प्रबद्र्धन र फिल्म क्षेत्रमा स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्न फिल्म सम्बन्धी नयाँ नीति निर्माण गरिरहेको छ । जम्मु काश्मीरका विभिन्न ठाउँमा सुटि लगायत फिल्म सम्बन्धि काममा प्रोत्साहन गर्न नयाँ नीति निर्माण गर्ने भएको हो ।

अभिनय, नृत्य, फेसन, कोरियोग्राफी, विज्ञापन जस्ता क्षेत्रमा प्रतिभाशाली व्याक्तिहरुलाई अवसर र रोजगार उपलब्ध हुने उदेश्यले पनि नयाँ फिल्म नीति अबलम्बन गर्ने भएको हो । फिल्म निर्माणमा जम्मु काश्मीरका स्थानीय प्रतिभाहरुको सीप उजागर गर्ने तथा स्थानीय पर्यटन प्रबद्र्धन हुने लक्ष्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !