३ आश्विन २०८१, बिहिबार

कोकाकोलाको प्लास्टिक प्रदूषणको पहाड

प्रकाशित मिति :  22 June, 2021 12:36 pm


काठमाडौं । विश्वमा हरित अभियानका पक्षपातीहरूले स्रोतमा हुने प्रदुषणबारे चिन्ता व्यक्त गर्दै आएका बेला कोकाकोलालाई प्लास्टिकको प्रयोगमा रोक लगाउन माग गरिरहेका छन् । उनीहरूले कोकोकोलाको स्थापनाकालको गतिविधिलाई प्रस्तुत गरी यस्तो माग गरेका हुन् ।

सन् १९७१ देखि कोकाकोलाको व्यवसायिक कार्य सुरु हुँदा एक पुरानो परिचय हिलटप भनिन्छ। कोकाकोला किन्दा विश्व नै किने जस्तो अर्थ दिने गरी पुरानो भिडियोमा विश्वभरका युवाहरूले हातमा कोकाकोलाको बोतल लिएर प्राचिन पहाडमा उभिएर ‘‘म विश्वलाई एउटा घर किन्न चाहन्छु … संसारलाई कोक किन्न र यसलाई कम्पनीमा राख्नका लागि। यो वास्तविक चिज हो, जसलाई आज संसारले चाहन्छ।”

अहिले के भइरहेको छ?

यो वर्षको शेयरधनीहरूको बैठकमा पचास वर्षको कोकाकोलाले अझै हिलटपमा उभिएका कोकाकोला लिएका युवाहरूजस्तै यसले हामीलाई “स्फूर्ति” र “रमाइलो” महसुस गराउँछ भन्ने स्वाङ रच्न चाह्यो ।

ठिक यही बेला विश्वभरका अधिकारकर्मीहरूले कोकाकोला जस्ता कम्पनीहरूले पहाडमा प्लास्टिकका बोतलको फोहर थुपार्ने काम मात्रैको ठूलो स्वरमा विरोध गरिहेका छैनन, सँगै प्लास्टिकले नयाँ प्रकारको प्लास्टिक बनाउनका जीवाश्म इन्धनको पूर्वाधारलाई ढाकिरहेकोमा समेत चिन्ता व्यक्त गरिरहेका छन् । कोकोकोलाले थुपारेको प्लास्टिकको समस्याले समुद्रको समस्या भन्दा पनि धेरै ठूलो समस्या निम्त्याउन लागिरहेको छ । प्लास्टिकको समस्याले जलवायु, स्वास्थ्य र समाजिक न्यायका विषयलाई असर गरिरहेको छ ।

यसको महत्व किन ?

हिलटपमा निर्माण गर्ने कोकाकोलाको वास्तविक असरबारे थोरै मात्रलाई थाहा छ । यथार्थ भनेको कोकाकोलाको प्लास्टिकले व्यक्तिगत र धरतीको स्वास्थ्यमा समस्या ल्याइरहेको छ ।

डिसेम्बर २०२०मा विश्वको सफाइ अभियान अन्तर्गत ब्रान्डहरूको बारेमा गरिएको लेखापरीक्षण अनुसार कोकाकोला लगातार तेस्रो पटक सर्वाधिक प्रदुषण फैलाउने सूचीमा पर्‍यो । कोकाकोला ब्रान्डको प्लास्टिकले पानी र समुदाय दुवैका लागि खतरा थपिरहेको छ ।

प्रदुषणको असर घटाउन पुनर्प्रयोगको गफ कोकाकोला लगायत अन्य यस्ता उपभोग्य वस्तु बनाउने कम्पनीहरूले कथा भन्दै आएका छन् । एक पटक प्रयोग गरिने हानिकारक प्लास्टिकको पुनर्प्रयोगको कुरा उनीहरूले गरिरहेका छन् । यसले हानि नपु¥याउने दाबी पनि गरिरहेका छन् ।

एक पटक उपयोग हुने प्लास्टिकले हाम्रो खाना, पानी र हावामा संक्रमण गराउँछ । हरेक वर्ष खबौं पेय पदार्थ र खाजाका पोका बिक्री गरिन्छ र फालिन्छ । हरितगृह ग्यास उत्सर्जनको विश्वव्यापी प्रयासलाई यसले निरन्तर अवमूल्यन गर्दै आएको छ ।

वैज्ञानिकहरूका अनुसार प्याकेजिङको चालिस प्रतिशतका लागि प्लास्टिकको माग रहेको छ । उद्योगहरूले त्यसको निर्भरता घटाउने केही गरिरहेका छैनन् ।

इन्धन उद्योगले प्लास्टिकको अनुमानित माग पूरा गर्न निरन्तर उत्खनन र प्रशोधनको कार्य अगाडि बढाउने हो भने सामाज उच्च उत्सर्जनमा बन्दी हुन पुग्छ । अनि १.५ डिग्री सेल्सियससम्म तापक्रमलाई रोकि राख्ने प्रयास समाप्त भइ जलवायु परिवर्तनलाई सर्वाधिक खराब असरमा पुर्‌याउँछ ।

अब के हुनु पर्छ?

कोकाकोलाले मानिसहरूको स्वास्थ्यको ख्याल राख्छ र यो असरलाई कम गर्न चाहन्छ भने तत्काल जलवायु परिवर्तन र प्लास्टिक प्रदुषणको सम्बन्धलाई तत्काल विच्छेद गर्नुपर्छ ।


कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित


कोकाकोलाले हानिकारक प्लास्टिक प्रदुषणका लागि कोकाकोलाले यसको स्रोत सफा गर्नुपर्छ । हावापानी सफा पार्नुपर्छ । सबैलाई सफा हावापानीसम्मको पहुाच सुनिश्चित गर्नुपर्छ । पेट्रोलियम पदार्थको उत्पादनलाई बढाउने काममा रोक लगाइ कोकाकोलाले जलवायु प्रतिको प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।
अहिलेको समय कोकाकोलाले आफ्नो उत्पादनका लागि फेरि भर्ने र फेरि प्रयोग हुने विधि किन्नु पर्ने बेला आएको छ । अहिले विश्वको आवश्यकता यही भएको र यसका समाधानमा कोकाकोलाले पहल गर्नुपर्ने बेला भएको प्लास्टिक फ्रि फ्युचरका अभियानीहरूसँगै ग्रिनपिस युएसएका अधिकारकर्मीहरूको बुझाइ रहेको छ ।

(ग्रिनपिसबाट अनूदीत)



प्रतिक्रिया दिनुहोस !