९ मंसिर २०८१, आइतबार

क्लबहाउमा प्रहरीको निगरानी, नेपाल प्रहरीको रुम बनाइ लोगो दुरुपयोग गर्ने युवा पक्राउ

प्रकाशित मिति :  22 June, 2021 2:58 pm


काठमाडौं । नयाँ सामाजिक संजाल क्लव हाउसमा नेपाल प्रहरीले निगरानी गर्न थालेको छ । क्लब हाउसको युजर प्रोफाइलमा नेपाल प्रहरीकै लोगो दुरुपयोग गरेको पाइएपछि एक युवा पक्राउ परेका छन् ।

क्लब हाउस छोटो समयमा नेपालमा पनि चर्चित बनेको एप हो । नेपाल प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाएर प्रयोग गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का २० वर्षका ईशान लामिछानेलाई पक्राउ गरेको हो ।

उनले क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको दर्ज्यानी चिह्न अङ्कित पोसाक तथा नामसहित बहस गरी प्रहरीको छवि धुमिल्याएको प्रहरीले विज्ञप्ति जारी गरेर जनाएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सामाजिक संजालको दुरुपयोग नगर्न प्रहरीले सार्वजनिक आव्हान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !