श्रमजीवि पत्रकार संघ,नेपाल गठन
काठमाडौं । श्रमजीवि पत्रकार संघ, नेपाल गठन भएको छ ।
“स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,” भन्ने नारासाथ गठन भएको अध्यक्षमा जन्मदेव जैसी रहेका छन् ।
अध्यक्ष प्रेस काउन्सिल नेपालका निवर्तमान का.वा. अध्यक्ष गोपाल बुढाथोकी र माओवादी केन्द्र निकट प्रेस संगठनका नेता बलाराम थापासहित धर्मेन्द्रकुमार कर्ण, नारायण शर्मा र दीपेन्द्र रावल सल्लाहकार रहेका छन् ।
कार्यसमितिमा पत्रकारहरू अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गोविन्द देवकोटा कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरूमा पत्रकारहरू केशव भुल, केशरमणि कट्टवाल, ईश्वर अर्याल, सरस्वती कर्माचार्य, यदुप्रसाद पोखरेल, दीपेश शाही, ऋतु विचार, धुव्र रिजाल, दिया चन्द, विष्णुबहादुर बस्नेत, श्रीराम वाग्ले कौशिला कुँवर, भुवन पौडेल, उमेश रिमाल, विक्रम पण्डित रहेका छन् ।