८ माघ २०८१, मंगलबार

महेन्द्र बहुमुखी क्याम्पस, धरानका आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

प्रकाशित मिति :  22 June, 2021 4:08 pm


काठमाडौं । महेन्द्र बहुमुखी क्याम्पस, धरानका आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आंशिक प्राध्यापकहरूलाई शिक्षण सहायक सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने सम्झौता भएपनि कार्यान्वयन नभएको भन्दै प्राध्यापकहरूले ध्याकर्षण गराएका छन् ।

उनीहरूले सम्झौता तत्कालै परिणाम मुखी कार्यान्वयनमा विश्वविद्यालयले तदारुकता नदेखाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

२०७७ पौष २४ गते त्रिभुवन विश्वविद्यालय र त्रिवि आंशिक प्राध्यापक संघबीच विभिन्न मापदण्डहरूका आधारमा आंशिक प्राध्यापकहरूलाई शिक्षण सहायक सरहको पारिश्रमिक पाउने गरी ब्यवस्थापन गर्ने भनी सम्झौता भएको थियो । तर कार्यान्वयन भएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रने तयारी गरेका हुन् ।

विज्ञप्तिमा,“परिणाममुखी कार्यान्वयनमा विश्वविद्यालयले तदारुकता नदेखाएको र विश्वविद्यालयले सम्झौतालाई तत्कालै परिणाममुखी कार्यान्वयनको प्रक्रियामा नलगे संघले बाध्य भएर २०७८ असार ९ गते पछिका सम्पूर्ण अनलाइन कक्षाहरू बहिस्कार गर्न बाध्य हुने” भनिएको छ ।

उनीहरूले त्रिवि आंशिक प्राध्यापक संघ, केन्द्रीय कमिटिको घोषणा बमोजिम संघर्षमा जाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !