अर्घाखाँचीका शिक्षकको स्थानीय सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र
अर्घाखाँची । अर्घाखाँचीका शिक्षकहरूले स्थानीय सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शिक्षक, कर्मचारी र सम्बन्धित उमेर समूहका विद्यार्थीका लागि तत्काल खोप लगाउन, आवश्यक पहल गर्न, संघीय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने माग ज्ञापन पत्रमा उल्लेख छ ।
पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने लगायतका माग ११ बुँदे ध्यानाकर्षण पत्रमा उल्लेख छ । अर्घाखाँचीमा क्रियासिल शिक्षक संघ संगठनका प्रतिनिधिहरूले आज पाणिनी गाँउपालिका शितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष धु्रब केसी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष युवराज भुसाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद बन्जाडे र अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष लक्ष्मण ओलीद्वारा हस्ताक्षरित संयुक्त ध्यानकर्षण पत्र बुझाइएको छ ।