५ आश्विन २०८१, शनिबार

मलाला युसुफजाईको विवाहबारे टिप्पणी बिरुद्ध पाकिस्तानमा आलोचना

प्रकाशित मिति :  23 June, 2021 8:48 am


इस्लामाबाद । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफले विवाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।

भोग पत्रिकामा दिएको एक अन्तर्वातामा विवाहबारे मलालाको टिप्पणीले धार्मिक कट्टरवादी मुलुक पाकिस्तानमा तरंग पैदा भएको छ । अन्तर्वातामा विवाहबारे सोधेको प्रश्नमा मलालाले बिवाहको बन्धनमा बाँधिन पर्ने किन बाध्यता हुन्छ भनेर प्रतिप्रश्न गरेकी थिईन् ।

विवाहको बन्धनमा हस्ताक्षर नगरेर कोही व्याक्तिसँग साझेदारीमा किन बस्न सकिँदैन भनेर मलालाले टिप्पणी गरेपछि पाकिस्तानमा आलोचना भएको हो । धार्मिक मुलुक पाकिस्तानमा २५ बर्ष भन्दा बढी उमेरका करिब ८६ प्रतिशत महिलाहरु विवाहित भइसकेका हुन्छन् ।

पाकिस्तानको खैबर पख्तुन्खवा प्रान्तमा एक धार्मिक नेताले मलालाको टिप्पणीपछि उनीमाथि हिंसात्मक आक्रमण गर्ने धम्की दिएपछि पक्राउ परेका छन् ।

पाकिस्तानमा विवाहको असमान मान्यता बिरुद्ध आवाज उठाउँदा परम्परा बिरोधी तथा पश्चिमीकरणको संज्ञा दिईने साराह खानले द वासिंगटन पोष्टमा टिप्पणी गरेकी छन् । नोबेल पुरस्कारले सम्मानित मलाला पाकिस्तानमा महिला शिक्षा अधिकारको वकालत गर्दै आएकी छन् । याहु न्युज



प्रतिक्रिया दिनुहोस !