बुटवलमा उपचाररत रोल्पाका कोरोना संक्रमित पुरुषको निधन
प्रकाशित मिति : 23 June, 2021 12:04 pm
रुपन्देही । रोल्पाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भइ उपचार गराइरहेका सुनिलस्मृति गाउँपालिका ३ रोल्पाका ५९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । जेठ २९ गते कारोना पोजेटिभ देखिएका उनी असार ३ गते अस्पताल भर्ना भएका थिए ।
आइसियूमा उपचाररत उनको आज बिहान ५.२९ मा निधन भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।