८ माघ २०८१, मंगलबार

एनआरएनए अफ्रिकाद्वारा पर्सामा अक्सिजन सिलिन्डर सहयोग

प्रकाशित मिति :  23 June, 2021 2:06 pm


पर्सा । पर्साको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ मा रहेको कोभिड अस्पताललाई एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरूको संयुक्त सहयोग अभियानले अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरूको तर्फबाट एनआरएनए नाइजेरियाका उपाध्यक्ष रोहित भाङ्गरले मेयर लोकनारायण यादवलाई एक कार्यक्रमबीच अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मेयर लोकनारायण यादवले मधेशको ग्रामीण क्षेत्रका जनताहरूलाई एनआरएनएले सम्झेकोमा खुशी व्यक्त गरे ।

एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाको संयोजनमा भएको सहयोगमा एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री , जाम्बिया , तान्जिनिया र नाइजेरिया एनसीसीहरूको साथै अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको आर्थिक सहयोग रहेको छ ।

एनआरएनए अफ्रिकाको ‘नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान’ले बारा , पर्सा , चितवन , इलाम , पुर्व नवलपरासी , पश्चिम नवलपरासी , गुल्मी , स्याङ्जा , पाल्पा , अछाम , कैलाली , मुगु र जुम्ला जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यकेन्द्रमा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री यस अघि हस्तान्तरण गरिसकेको छ भने बाजुरामा सहयोग पुग्ने क्रममा छ ।



प्रतिक्रिया दिनुहोस !