३ आश्विन २०८१, बिहिबार

पुष्प क्षेत्रमा न बजेट न राहत, सरकारले घाँटी निमोठ्ने काम गर्योः पुष्प उत्पादक

प्रकाशित मिति :  23 June, 2021 3:43 pm


काठमाडौं । सरकारले पुष्प क्षेत्रलाई व्यवास्ता व्यवास्ता गरेको गुनासो गरेका छन् । संघ र प्रदेशसमेतको सरकारको नीति तथा कार्यक्रम र बजेटमा पुष्प क्षेत्रलाई नसमेटिएकाेमा पुष्प क्षेत्रका सराेकारवालाले आपत्ति जनाएका छन् ।

“पुष्प किसान तथा उत्पादकको बलबुताले तीन दशकको मेहनतले पुष्प क्षेत्रलाई हाल एक हजार व्यवसायी संलग्नता र ३ करोडको वार्षिक कारोबार गर्ने अवस्थामा ल्याएका हौं,” फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने, “कोभिडले व्यवसायी पलायन हुँने अवस्था आउदा पनि सरकारले यो क्षेत्रलाई नसमेटेकोमा आपत्ति प्रकट गर्दछाैं ।”

कसजुले यस्तो गुनासो राष्ट्रिय किसान आयोगले बुधबार ‘कोरोना भाइरस का कारण भएको बन्दाबन्दी तथा निषेशाज्ञाका कारण तरकारी, फलफूल, पुष्प उत्पादन तथा बजारीकरणा भएका समस्याहरु र समाधानका विषयक’ वैठकमा गरेका हुन् ।

करिव ७ अर्वको लगानी नेपालको पुष्प क्षेत्रमा छ । “सरकारको बजेट कार्यक्रममा पनि हेर्यौं, अपेक्षा पनि थियो तर सरकारले चाल्नोमा हालेर छानेर, पुष्पलाई मिल्काउने काम गरेको छ,” कसजुले आपत्ति जनाए ।

गत वर्षको लकडाउनमा २० प्रतिशत व्यवसायी पलायन भएका थिए भने करिव एक अर्वको नोक्सानी भएको थियो । यो वर्षको पनि अध्ययन भइरहेको एसोसिएशनले जनाएको छ ।

गत वर्षको क्षतिलाई पनि मध्यनजर गरेर एसोसिएशने सातै प्रदेशका कृषि मन्त्रालय पुगेर पुष्प क्षेत्रको पुनरोत्थानका लागि सरकारलाई कार्यक्रमको लागि प्रस्ताव गरेको थियो । तर प्रदेश सरकारलेसमेत पुष्प क्षेत्रलाई वेवास्ता गरेको गुनासो आयोग समक्ष गरिएको छ ।

बजेटमा नसमेट्ने मात्र नभइ कृषि मन्त्रालयले पुष्प क्षेत्रको बारेमा आयोजना गरेको कार्यक्रममा पनि संस्थालाई नबोलाई एक जना किसानलाई मात्र बोलाएको चर्चा गर्दै कसजुले पुष्प क्षेत्रको मुद्दामा सरकार गम्भीर नभएको पुष्टी भएको बताए ।

कोभिडको कारण भएको क्षति भन्दा सरकारले अभिभावकत्व ग्रहण नसक्कनुले थप दुख लागेको पुष्प उत्पादक तथा व्यवसायीको गुनासो छ ।

“काभ्रेबाट काठमाडौं आउँदा ६ ठाउँमा रोकेर फूल आउन दिएनन्, रामकोटबाट फूल ल्याउँदा कालीमाटीसम्म आउदा ठाउँ ठाउँमा प्रताडित बनाइन्छ,” कसजुले भने, “तर कलकत्ताबाट काठमाडौंसम्म निर्वाध रुपमा पुष्प आयात भइरहेको छ ।”

पुष्प किसान देवी वाग्लेले पनि भारतबाट नेपालमा पुष्प ल्याउन सहज रहेको तर एउटा फार्म बाट अकोृमा जान समस्या रहेको गुनासो गरिन् ।
“गाडिलाई विलासिताको सामान मानिन्छ, पुष्पलाई पनि त्यसै अनुसार व्यवहार गरिन्छ, कृषिमा पनि छुट्टै व्यवहार भयो,” उनको गुनासो छ ।

कार्यक्रममा च्याउ उत्पादक श्वाम सुन्दर हलवाईले पनि सरकारले व्यवास्ता गर्दा च्याउ उत्पादक किसान पलायल हुने अवस्थामा रहेको बताए । त्यसैगरी तरकारी, फलफुल लगायतका उत्पादक तथा व्यवसायीले पनि निषेधाज्ञामा सरकारले अभिभावकत्व ग्रहण नगर्दा व्यवसाय अस्तव्यस्त भएको गुनासो गरे ।

हालै मात्र पूर्णता पाएको किसान आयोगले कृषि क्षेत्रका कोरोनाले पारेको प्रभाव बारे सिरिजमा भर्चुअल कार्यक्रम गर्दै आएको छ । आयोगले समस्याको अध्ययन गर्दै सरकारलाई सुझा दिंदै आएको छ ।

आयाेगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले काेराेनाका कारण कृषि क्षेत्रमा पारेकाे प्रभावबारे आयाेगले अध्ययन गरिरहेकाे बताए । उनले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराएकाे र निरन्तर समाधानका लागि प्रयास गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !