३ आश्विन २०८१, बिहिबार

दुग्धजन्य पदार्थ ढुवानीमा अवरोध भएको भन्दै डेरी उद्योग संघको आपत्ति

प्रकाशित मिति :  23 June, 2021 3:37 pm


काठमाडौं । डेरी उद्योग संघले दूध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधन सञ्चालनमा अवरोध भएको भन्दै आपत्ति जनाएको  छ ।

अध्यक्ष राजकुमार दाहालले आज विज्ञप्ति जारी गर्दै जोरबिजोर र कार्यालय समयको नाममा सुरक्षा निकायबाट ठाउँठाउँबाट अवरोध भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले हरेक दिन सञ्चालन गर्नु पर्ने बाध्यता रहेको दूध जस्तो चाँडै विग्रने अति संवेदनशील पदार्थमा ख्याल गर्न आग्रह गरेका छन् । दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“सुरक्षा निकायबाट ठाँउ ठाँउमा अवरोध भएबाट नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको व्यहोरा अवगत गराउदछौँ ।”

कडा लकडाउनमा समेत बिना रोकतोक आवतजावत गर्न दिइएको र हाल एक्कासी आएर यस्तो वर्षयाममा जोर बिजोर र कार्यालय समयको नाममा ठाँउ ठाउँमा अवरोध गरिदा किसान तथा उद्योगी मारमा परेको अध्यक्ष दाहालको भनाई छ ।

उनले भनेका छन्,“अत: दूध तथा दुधजन्य पदार्थ ओसार पसार गर्ने सबै सवारी साधनहरुलाई पानी, इन्धन, विद्युतका गाडी सरह कुनै रोकतोक नगर्न नेपाल सरकार समक्ष जोडदार आग्रह गर्दछौ ।”

 

 



प्रतिक्रिया दिनुहोस !