५ आश्विन २०८१, शनिबार

निर्वासनमा रहेका उइगरहरुले भने- यातना दिइयो

प्रकाशित मिति :  24 June, 2021 8:02 am


चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र यातना शिविरमा राख‍्‍ने गरेका छन् । चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे वर्णन गरेका छन् । उनीहरुलाई त्यहाँ जबरजस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएको छन् ।

तीन महिनामध्येकी एकले आफूलाई करिब साढे महिनाको अवधिमा गर्भपतन गर्न लगाइएको बताएकी छन् । पूर्व चिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्‍नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको उनले बताएकी छन् ।

सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेकोसमेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”

५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पील दिइएको बताइन् । आफूलाई त्यो के हो भन्‍ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अल्ट्रासाउन्ड गर्ने र गर्भवती भए-नभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् ।

चिनियाँ अधिकारीहरुको निर्देशन नमान्‍नेहरुलाई यातना शिविरमा लगेर पटक-पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् ।

चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !