१३ मंसिर २०८१, बिहिबार

प्यूठान नौ बहिनी गाउँपालिकाको बजेट ६८ करोड ९ लाख,‘कृषकसँग गाउँ सरकार’ कार्यक्रम चलाउने

प्रकाशित मिति :  24 June, 2021 3:04 pm


प्यूठान । प्यूठानको नौ बहिनी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६८ करोड ९ लाख ८५ हजार ६ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष घनबहादुर बुढामगरले उक्त बजेट सभा समक्ष पेश गरेका हुन् ।

गाउँपालिकाले खरका छाना विस्थापन कार्यक्रमका लागि ३ करोड रुपैयाँ छुट्टाएको छ भने पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिने ४ करोड ८४ लाख बिनियोजन गरेको छ ।

वडातर्फको मझौला योजनाका लागि २ करोड रुपैयाँ, खानेपानी तर्फ १ करोड रुपैयाँ, विपद व्यवस्थापन तर्फ १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै ‘कृषकसँग गाउँ सरकार’का लागि ५० लाख रुपैयाँ, मर्मत संभारका लागि ४५ लाख रुपैयाँ, वडा भवन निर्माण २,३,७ र ८ जम्मा २ करोड रुपैयाँ छुट्टाईएको उपाध्यक्ष बुढामगरले जानकारी दिए । गाउँपालिकाले बालबिकास शिक्षकको तलब ७ हजार रुपैयाँले बढाएको छ ।

गाउँपालिका अनुदान शिक्षकको तलब २ हजार रुपैयाँ र गाउँपालिकाबाट नियुक्त स्वास्थ्यकर्मीको तलब २ हजार रुपैयाँले बढाइएको उपाध्यक्ष बुढामगरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !