१३ मंसिर २०८१, बिहिबार

सन्धिखर्क नगरपालिकाको बजेट ९८ करोड ५० लाख रुपैयाँ,श्रम बैंक स्थापना गर्ने

प्रकाशित मिति :  24 June, 2021 4:14 pm


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ९८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले कृषि ,पशुपालन स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेको छ । शिर्षकमा विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

नगर उप प्रमुख ठाकुर कुमार विकले प्रस्तुत गरेको बजेटमा कृषि पशुपालन स्वास्थ्य र पर्यटनका साथै नगरबासीको लागि कोभिड खोपको लागि ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । एक वडा,एक पकेट कृषि बाली विकास कार्यक्रम, एक वडा,एक कृषि प्राविधिक, नगरभित्र रहेका धार्मिक साँस्कृतिक पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा बजेटमा छ ।

कोभिडका कारणले अभिभावक गुभाएका सामुदायिक विद्यालयका लागि छात्रवृत्ति प्रदान गर्ने,सामुदायिक विद्यालयमा तथा प्राविधिक शिक्षामा अध्ययनरत दलित बिपन्न विद्यार्थीको लागि २५ प्रतिशत छात्रवृत्ति दिने बजेटमा छ ।

बजेटमा नगरपालिकामा श्रम बैंक स्थापना गरेर नगर क्षेत्रभित्र सञ्चालित संघ संस्था उद्योग स्थापना गरी श्रमिकको माग पुरा गदै लैजाने उल्लेख छ ।

नगरपालिकले कोभिड खोपको निशुल्क व्यवस्था गर्ने, जटिल प्रकारका महिला बिरामीका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, रगतको सहज आपूर्तिको लागि प्रत्येक चौमासिक रुपमा ‘नगर उपप्रमुख रक्तदान कार्यक्रम सञ्चालन’ गर्ने नगरपालिकाले बजेटमा उल्लेख गरेको छ ।

लैङ्गिक समानता तथा सामाजिक सभावेशीकरणको लागि नगरभित्र छोरा र छोरी विचमा हुने विभेद अन्त्य गर्ने छोरीलाई पनि छोरा सरह शिक्षा क्षेत्रमा पहुँच अभिबृद्धि गर्न ‘नगर प्रमुख खुत्रुके बचत योजना सञ्चालन’ गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिले ग्रिन सिटी नगरपालिको रुपमा चिनाउन एक कर्मचारी एक विरुवा , एक जनप्रनिनिधि दुई विरुवा लगाउने अभियान चलाउने भएको छ भने व्यवसायीलाई घर बहाल कर छुट, व्यवसाय कर छुट दिने नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !