१३ मंसिर २०८१, बिहिबार

रोल्पा सुनछहरी गाउँपालिकाको बजेट ३५ करोड ४५ लाख रुपैयाँ

प्रकाशित मिति :  24 June, 2021 6:39 pm


रोल्पा । सुनछहरी गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि ३५ करोड ४५ लाख ३ हजार एक सय सत्ताइस रूपैयाँ ५७ पैसा बजेट पारित गरेको छ । गाउँपालिकाको १० औं गाउँसभाबाट उक्त बजेट पारित गरिएको हो ।

आर्थिक विकास समितिका संयोजक टिका बहादुर बुढामगरद्वारा प्रस्तुत बजेटमा चालू तर्फ २४ करोड ४० लाख ५ हजार चार सय तिस रूपैया ६८ पैसा र पुँजीगत तर्फ ११ करोड ९ लाख पचहत्तर हजार रूपैयाँ विनियोजन गरिएको छ ।

विनियोजित बजेट मध्य संघीय सरकारबाट २२ करोड ५० लाख लुम्बिनी प्रदेश सरकारबाट ७ करोड ७३ लाख एक सय सत्ताइ रूपैयाँ ५७ पैसा प्राप्त भएको हो भने पालिकाको आन्तरिक आय १ करोड ९३ लाख ८० हजार अनुमान गरिएको छ ।

गाउँसभामा अध्यक्ष आश बहादुर पुनद्वारा प्रस्तुत आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम,न्यायिक समितिको प्रतिवेदन आर्थिक बर्ष २०७७/०७८ को व्यय रकम प्रतिवेदन आर्थिक विकास समितिका संयोजक टिका बहादुर बुढामगर द्वारा प्रस्तुत विनियोजन ऐन २०७८ उपाध्यक्ष एवं राजश्व परामर्श समितिका संयोजक पवित्रा घर्तीमगरद्वारा पस्तुत आर्थिक ऐन २०७८ समेत पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !