रोल्पा त्रिवेणी गाउँपालिकाको बजेट रु.४९ करोड ७४ लाख , ‘समृद्वि गाउँपालिका, सुखी जनता’ नारा
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले ४९ करोड ७४ लाख ४ हजार ३ सय ५९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज १० औं गाउँसभामा उपाध्यक्ष सावित्रा बुढाले आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गरेकी हुन् ।आउँदो आर्थिक वर्षमा स्वास्थ्य,कृषि,शिक्षा, खानेपानी,सडक,विद्युत,विपद,लक्षित वर्ग र पूर्वाधार लगायतलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए ।
विनियोजित बजेटमध्ये वित्तीय समानीकरण,राजश्व बाँडफाँड तथा आन्तरिक आम्दानी शिर्षकबाट चालु तथा पुँजीगत तर्फ विनियोजन गर्न मिल्ने गरी २२ करोड ५ लाख २५ हजार ३ सय ७६ रुपैयाँ छुटईएको छ ।
चालु तथा कार्यालय व्यवस्थापन तर्फ ७ करोड ९७ लाख ५६ हजार ३ सय ७६ रहेको छ ।
क्षेत्रगत विकास तर्फ गाउँपालिकाले आर्थिक विकासका लागि ९० लाख,सामाजिक विकासका लागि ४ करोड ३८ लाख १९ हजार २ सय,पूर्वाधार विकासमा ५ करोड २३ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख १९ हजार,संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि २० लाख र सबै वडा कार्यालयतर्फ २ करोड ८५ लाख ५५ हजार ८ सय रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले ‘समृद्वि गाउँपालिका, सुखी जनता’ लाई मूल नारा बनाएको छ ।