१३ मंसिर २०८१, बिहिबार

अर्घाखाँची छत्रदेव गाउँपालिकाको बजेट रु ६७ करोड ५१ लाख

प्रकाशित मिति :  24 June, 2021 7:10 pm


अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि रु ६७ करोड ५१ लाख ७७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बजेटमा स्वास्थ्य १ करोड ७९ लाख रुपैयाँ ,शिक्षामा ८८ लाख ,खानेपानीमा १ करोड ६९ लाख कृषि र पशुपालनमा ९२ लाख ,सास्कृति र पर्यटन प्रर्वद्धनमा १ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले बल्कोट अस्पताल र, स्वास्थ्यचौकी सामुदायि स्वास्थ इकाईका सेवा प्रवाहलाई गुणस्तरीय बनाउने , खानेपानी आपूर्तिमा सञ्चालन हुने लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि ३३ प्रतिशत विद्युत् महसुल पालिकाले तिर्ने,एक घर एक धारा अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखिएको छ ।

बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने जस्ता कार्यक्रम बजेटमा उल्लेख गरिएको छत्रदेवका गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !