५ आश्विन २०८१, शनिबार

भारतीय मूलका पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानीत

प्रकाशित मिति :  25 June, 2021 9:13 am


नयाँ दिल्ली । चीनमा अल्पसंख्यक उइघुरबारे अनुसन्धानात्मक रिपोर्टिङ गर्ने भारतीय मूलकी पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानीत भएकी छिन् । भारतीय मूलकी पत्रकार मेघा राजगोपालनले चीनमा अल्पसंख्यक उइघुरको अबस्थाबारे अनुसन्धानात्मक रिपोर्टङ गरेका कारण पुलित्जर पुरस्कारद्धारा पुरस्कृत भएकी हुन् ।

चीन सरकारले अल्पसंख्यक उइघुरहरुलाई श्रमशिविरमा बन्दी बनाएको तथा दमन गरेकोबारे राजगोपालनले अनुसन्धानात्मक समचार संकलन गरेकी थिईन् । अमेरिकास्थित बजफिड डिजिटल मिडियाकी पत्रकार राजगोपालनले प्रतिष्ठित पत्रकारिता पुलित्जरद्धारा पुरस्किृत भएकी हुन् । पत्रकार राजगोपालन सन् २०१७ मा चीनको सिन्यिाङमा उइघुरहरुबारे स्थलगत रिपोर्टिङ गरेकी थिइन् ।

उनीसँगै उनको टोलीका दुई जना पनि पुरस्कृत भएका छन् । हालसम्म प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा भारतीय मूलका दुई पत्रकारहरु सम्मानीत भएका छन् । अमेरिकास्थित टाम्बा बे टाईम्सका पत्रकार तथा भारतीय मूलका नेल बेदी पनि पुलित्जर पुरस्कारद्धारा पुरस्कृत भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !