५ आश्विन २०८१, शनिबार

कोभिड १९ जस्ता माहामारी बिरुद्ध विश्वको सहकार्य हुनुपर्ने – मोदी

प्रकाशित मिति :  25 June, 2021 9:19 am


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी कोभिड १९ तथा भबिष्यमा हुने माहामारी बिरुद्ध विश्व समुदाय एक हुन आग्रह गरेका छन् ।
जी सेभेन सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले कोभिड १९ लगायत भबिष्यमा हुने माहामारी बिरुद्ध विश्वको सहकार्य हुनुपर्ने जोड गरेका हुन् । प्रधानमन्त्री मोदीले वान अर्थ, वान हेल्थ अप्रोच लिएर यस्ता माहामारीहरु बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताएका हुन् ।

बेलायतको कर्नवाल शहरमा भएको ४७ औँ जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले यस्तो आग्रह गरेका हुन् । लोकतान्त्रीक तथा पारदर्शी समाजले यस्ता भबिष्यमा हुने माहामारी बिरुद्ध वान अर्थ, वान हेल्थको अप्रोच लिनुपर्ने प्रधानमन्त्री मोदीले आग्रह गरे । कोरोना माहामारी बिरुद्ध भारत सरकार, नागरिक समाज, उधोग क्षेत्रले लिएको कदम र योगदानबारे प्रधानमन्त्री मोदीले सम्मेलनमा बताए । भारत र दक्षिण अफ्रिकाले कोभिड खोप उत्पादन, वितरण अनुमतिबारे विश्व व्यापार संगठनमा गरेको प्रस्ताबमाथि सहयोग गर्न प्रधानमन्त्री मोदीले जी सेभेन राष्ट्रहरुलाई आग्रह गरे ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि खोपको बिषयमा प्रधानमन्त्री मोदीको समर्थन गरे । सात ठुला आर्थिक मुलुकहरु अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, ईटाली र जापानको सहकार्य जी सेभेन को सम्मेलनमा भारत तथा अष्ट्रेलिया पाहुना राष्ट्रको रुपमा उपस्थित रहेको थियो । स्रोत हिन्दुस्तान टाईम्स



प्रतिक्रिया दिनुहोस !