११ मंसिर २०८१, मंगलबार

कोभाक्सिन खोपको उत्पादन सम्बन्धि विस्तृत तथ्यांक सार्वजनिक

प्रकाशित मिति :  25 June, 2021 9:24 am


नयाँ दिल्ली । कोभिड १९ बिरुद्ध कोभाक्सिन खोप उत्पादन कम्पनी भारत बायोटेकले खोपबारे अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ ।

भारत बायोटेक कम्पनीले कोभाक्सिन खोप उत्पादनमा अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीको अनुसार कोभाक्सिन खोपको पहिलो र दोस्रो ट्रायल र तेस्रो ट्रायलको आंसिक तथ्यांकहरु भारत सरकार अन्तर्गतको नियामक निकायहरुले छानबीन गरेको बताइएको छ । भारतमा मानिसको क्लिनीकल ट्रायल मार्फत तथ्यांकहरु सार्वजनिक गर्ने कोभाक्सिन मात्र एक खोप रहेको भारत बायेटेकले बताएको छ । कोरोनाको विभिन्न भेरियन्ट बिरुद्ध कोभाक्सिनको प्रभावबारे अध्ययन यसअघि नै बायोरसिभ, जर्नल अफ ट्राभल मेडिसिन जस्ता विभिन्न माधयम मार्फत सार्वजनिक गरिसकेको कम्पनीले बताएको छ ।

भारतमा कोभिड १९ बिरुद्ध उच्च मात्रामा प्रभावशाली खोप र नयाँ भेरियन्टहरुबारे तथ्यांक भएको एक मात्र खोप कोभाक्सिन रहेको विज्ञप्तीमा उल्लेख छ । भारत बायोटेकद्धारा उत्पादित खोप कोभाक्सिन भारतको एक मात्र मौलिक खोप हो भने, सिरम इन्स्टीच्युट अफ ईण्डीयाद्धारा उत्पादित कोभिशिल्ड खोप बेलायतको अस्ट्रेजेनेका खोपको स्थानीय रुप हो ।



प्रतिक्रिया दिनुहोस !