१२ मंसिर २०८१, बुधबार

असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइदै

प्रकाशित मिति :  25 June, 2021 2:48 pm


काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमण विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले असार २२ गतेदेखि दोस्रो डोज लगाउन पाउने भएका छन् ।

देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।

देशभर असार २२ गतेदेखि दोस्रो डोज खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ ।दोस्रो डोज खोप लगाउन जाँदा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने हुन्छ ।

यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो डोज लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो डोज खोप लगाउन पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !