३ आश्विन २०८१, बिहिबार

पाकिस्तानी राष्ट्रपतिद्वारा वित्तीय अपाङ्गता समावेशी नीति सार्वजनिक

प्रकाशित मिति :  25 June, 2021 2:57 pm


इश्लामावाद । अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय क्षेत्रमा समावेशीकरण गराउन एक बृहत नीति स्टेट बैंक अफ पाकिस्तानले आज सार्वजनिक गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय आत्मनिर्भरता सुधार गर्न उद्देश्य राखी ल्याइएको सो नीतिलाई पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्बीले सार्वजनिक गरे ।

अपाङ्गता भएका व्यक्तिहरूलाई बैंकमा काम गर्ने अवसर उपलब्ध गराउनेसमेत दिने गरी यो अपाङ्गता समावेशी नीति ल्याइएको हो । बैंक तथा गैर सरकारी संघ संस्थाहरुको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सुधार ल्याउन खोज्नु यो वित्तीय समावेशी नीतिको विशेषता रहेको छ ।

यो परिप्रेक्ष्यमा, स्टेट बैंक अफ पाकिस्तानले अब आवश्यक निर्देशन बोर्ड अफ डाइरेक्टरबाट अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय क्षेत्रमा समावेश गराउन नीति तथा रणनीतिक कार्यढाँचा अनुसार अनुमोदन गराउनु पर्नेछ । साथै व्यवस्थापनले यसको कार्यान्वयन सुनिश्चित गर्नेछ । यसमा सबै आबद्ध सरोकारवालाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो नीतिअन्तर्गत शारीरिक अपाङ्गता, दृष्टिविहीनता, सुनाइसम्बन्धी अपाङ्गता र बोलाइसम्बन्धी अपाङ्गता समेत सबै प्रकारका अपाङ्गतालाई सम्मिलित गरिएको छ । बैंकहरुलाई ब्रेल लिपि, सांकेतिक भाषा लगायत सबै अपाङ्गताहरूको सहजताका लागि आवश्यक प्रबन्ध मिलाउन भनिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूसँगसम्मान पूर्ण व्यवहार गर्न बैंकका कर्मचारीलाई विशेष ध्यान दिन र ध्यान दिन लगाउन भनिएको छ । बैंकहरुलाई पच्चिस प्रतिशत महिला अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्था गर्न भनिएको छ ।

यो नीतिअन्तर्गत पाकिस्तानभरी, आजाद जम्मू कश्मीर र गिलिगित बल्तिस्तान समेतमा अपाङ्गता समावेशी नेटवर्कको विकास गरिने भएको जनाइको छ । राष्ट्रपति डा. आरिफ अल्बीले यो नीति लागू गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन् ।

स्टेट बैंक अफ पाकिस्तानले यो नीति ३० सेप्टेम्बर २०२१सम्म यो नीति अन्तर्गत सबै प्रबन्ध मिलाउन पर्ने भएको छ । यस्तै, ३१मार्च २०० सम्म हरेक प्रान्तमा ‘मोडल ब्रान्च’ खोलि सक्नु पर्नेछ ।

सो अवसरमा बैंक संगठनको तर्फबाट एनबीपीका अध्यक्ष अरिफ उस्मानी , अपाङ्गता भएका ब्यक्तिहरुको तर्फबाट अमिन हासवानी र स्टेट बैंक अफ पाकिस्तानको तर्फबाट गुलाम मोहम्मद अब्बासले अपाङ्गता समावेशी नीतिबारे आ-आफ्ना धारणा राखेका थिए।



प्रतिक्रिया दिनुहोस !