५ आश्विन २०८१, शनिबार

आन्तरिक उडानको टिकट बुकिङ खुल्यो

प्रकाशित मिति :  25 June, 2021 3:14 pm


काठमाडौं । सरकारले आन्तरिक उडान संचालन गर्न अनुमति दिएसँगै आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ गर्न सुरु गरेका छन् ।

सरकारले एक साताको समय राखी असार १७ गतेदेखि उडान गर्न अनुमति दिएपछि कम्पनीहरुले टिकट बुकिङ सुरु गरेको बताएका छन् ।

सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !