१२ मंसिर २०८१, बुधबार

एभरेष्ट इन्स्योरेन्सको सिइओमा कमल गौतम पुनः नियुक्त

प्रकाशित मिति :  25 June, 2021 3:36 pm


काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको पुनः नियुक्ति प्रस्तावलाई बिमा समितिले स्वीकृति दिएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले उनलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो ।गौतम २०७४ असारमा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

कुनै समय समस्या ग्रस्त अवस्थाबाट रहेको यस इन्स्योरेन्सलाई गौतमले चार वर्षे कार्यकालमा प्रतिस्पर्धी कम्पनीको रुपमा उभ्याउन सक्षम भएका थिए । गौतम व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् ।

बैंक र बीमा क्षेत्रमा तीन दशकको अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !