१३ मंसिर २०८१, बिहिबार

रोल्पा रुन्टीगढी गाउँपालिकाले गढीलेकको पुरातात्विक उत्खनन र अभिलेखीकरणको पहल गर्ने

प्रकाशित मिति :  25 June, 2021 4:11 pm


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले गढीलेकको पुरातत्व विभागसँग समन्वय गरेर पुरातात्विक उत्खनन र अभिलेखीकरणको कामलाई अगाडि बढाउने भएको छ ।

गढीलेक क्षेत्रलाई पुरातत्व विभागसँगको समन्वयमा उत्खनन र अभिलेखिकरण गर्ने भएको हो । गढीलेक २२ राज्यले २४ से राज्यसँग लड्नका लागि बनाईएको किल्ला हो । अध्यक्ष बलराम बुढाले भने,“पुरातत्वका विषयमा स्थानीय सरकारलाई अधिकार त छैन तर पुरातत्व विभागसँग समन्वय गरेर यो कामलाई अगाडि बढाउने प्रयास गर्छौं ।”

यस्तै रुन्टीक्षेत्रको बृहत गुरुयोजना आगामी आर्थिक वर्षमा निर्माण गरि भौतिक पूर्वाधार निर्माणको कार्य अगाडि वढाइने बजेटमा उल्लेख छ । महाप्रभुको मूर्ति स्थापनाको कार्यलाई यस वर्ष प्राथमिकतामा राखिने र उल्लेखित कार्यक्रमका लागि बजेट पूर्वाधार शिर्षकबाट विनियोजन गरिने भनिएको छ ।

भनिएको छ,“ भारत देखिने मुरुल्ले लेक, खस्रे रकहिल पार्क र हुलाकी डाँडालाई प्राकृतिक शुन्दरता नविग्रने गरी पूर्ण प्राकृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्न डीपिआर तयार गरी पुर्वाधार निर्माणका लागि निजि क्षेत्र, प्रदेश तथा संघीय मन्त्रालयसंँग साझेदारी गरिनेछ ।”

 



प्रतिक्रिया दिनुहोस !