५ आश्विन २०८१, शनिबार

भारतमा खोप लिनेको संख्या  ३० करोड नाघ्यो

प्रकाशित मिति :  26 June, 2021 9:47 am


केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार भारतको संचयी COVID-19 खोप कभरेज ३० करोड नाघेको बताएको छ।  रिपोर्ट अनुसार कुल आंकडा ३०.०९,६९,५३८  पुगिसकेको हो।

CO-WIN ले जनाएको अनुसार कोभिड-१९  खोपको भ्याक्सिनेसन कार्यक्रमको नयाँ चरण जुन २१ बाट सुरु भए देखि बुधबार मात्रै ६३.२६ लाख जनालाइ  खोपहरू दिईएको छ ।

मन्त्रालयले जनाए अनुसार बुधबारको दिन १८-४४ बर्षका उमेर समुहलाइ ४१.२३ लाख भन्दा बढी पहिलो चरणको खोप दिइयो भने ६८,९०० भन्दा बढीलाई दोस्रो चरणको खोप  दिइएको छ।

रिपोर्ट अनुसार ३७ राज्य र केन्द्र शासित प्रदेशहरूमा यस समूहका ७,०२,११,०७५ व्यक्तिले पहिलो डोज पाइसकेका छन् भने १४,९८, ११३ जनाले दोस्रो चरणका खोप लिएका छन्।

उक्त रिपोर्ट अनुसार  आन्ध्र प्रदेश, असम, बिहार, छत्तीसगढ़, दिल्ली, गुजरात, हरियाणा, झारखंड, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगाना, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका १० लाख भन्दा बढी १८-४४ वर्षका उमेर समुहलाई कोभिड-१९ खोपको पहिलो खुराक दिएको छ ।



प्रतिक्रिया दिनुहोस !