५ आश्विन २०८१, शनिबार

चीनले बंगलादेशको तीन पुर्वाधार बिकास प्रयोजनाको लगानीबाट हात झिक्यो

प्रकाशित मिति :  26 June, 2021 1:56 pm


चीन ठूलो अप्ठ्यारोको बीचमा बंगादेशको तीन मुख्य पुर्वाधार बिकासको परियोजनामा आर्थिक लगानी गर्नबाट पछि हटेको छ। यस परियोजनाको लगानीमा अस्पष्टताको आरोप लागे पछि चीन अप्ठ्यारोमा परेको हो ।

यी परियोजनाहरु रेल क्षेत्रका रहेको छ । जुन गाजीपुरको जोयदेबपुर देखि राजधानी ढाका नजिकै रहेको इशवर्दी सम्म मिश्रित गेज डबल लाइन निर्माण गर्ने उदेश्य राखिएको छ ।

चिनियाँ ठेकेदारले पनि अखाउरा देखि सिल्हेटमा मिटर गेज लाइन परिवर्तन गर्ने योजनामा काम नगर्ने बताएका छन । यसबाहेक, जयदेबपुर देखि जमालपुर हुँदै मईमसिंह सम्मको मिश्रित गेज डबल रेलमार्ग निर्माणको आयोजनाको भविष्य पनि अनिश्चित भएको, ईटीले ढाका स्थित अधिकारीहरूबाट जानकारी लिएको छ ।

यी तीन परियोजनाहरु सरकार देखि सरकार (GTG) को आधारमा अनुमोदन गरिएको थियो । जसमा चीनले आफ्नै चिनियाँ ठेकेदारहरूलाई रोजगार दिदै आएको छ र अन्तर्राष्ट्रिय टेन्डरमार्फत परियोजनाका लागि ठेकेदारहरू राख्ने कुनै अवसर थिएन । ढाका स्थित स्रोतका अनुसार यसबाहेक, यी कम्पनीहरूले परियोजनाको अवधि दोहोर्याएर विभिन्न बहानामा खर्च बढाउँदै छन । चिनियाँ हेरफेरको खुलासा भएपछि बंगलादेश प्रधानमन्त्री कार्यालयले पनि यसको अनुसन्धान गराएको थियो ।

बंगलादेश रेलवे मन्त्रालयका स्रोतका अनुसार बंगलादेशले जीटीजी परियोजना अन्तरगत जग्गा अधिग्रहण, पुनःस्थापना, तलब र भत्ताको स्थानीय लागत वहन गर्नेछ भने चीनले निर्माणको लागि भुक्तान गर्नेछ । चिनियाँ लगानीको सर्त यो छ कि खुला टेन्डर आह्वान गर्न सकिदैन र केवल चिनियाँ ठेकेदारलाई मात्र काम दिनुपर्ने छ।

प्रधानमन्त्री शेख हसिनाले माथि उल्लेखित रेल परियोजनाहरुमा खर्च कम गर्न निर्देशन दिएका थिए । बंगलादेशको रेलवे मन्त्रालयले समिति गठन गर्‍यो र खर्च घटाउने प्रस्ताव राखेको थियो ।

यसैबीच चीनको जीटीजी प्रणालीअन्तर्गत पदमा पुलको दुबै छेउमा रेलमार्गको निर्माण र चटगाउँमा कर्णफुली नदीको तल ट्यांकहरूको निर्माण कार्य चलिरहेको छ। यस प्रोजेक्टमा ठूलो लागत बढाइएको पनि आरोप लगाइएको छ। यस परियोजनाको लागत मूल अनुमान भन्दा दोब्बर भएको छ ।



प्रतिक्रिया दिनुहोस !