५ आश्विन २०८१, शनिबार

भारतमा सेप्टेम्बर सम्ममा २ वर्ष भन्दा माथिका बालबालिकाको कोरोना खोप लगाउने सम्भावना

प्रकाशित मिति :  26 June, 2021 2:01 pm


एम्स दिल्लीका निर्देशक डा रणदीप गुलेरियाले बालबालिकालाई सामान्यतया हल्का रोग लाग्ने तर उनीहरुका लागि कोभिड–१९ खोपको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छ्न । उनले भारतको बायोटेक र अन्य कम्पनीहरुले बालबालिकाको खोपका लागि भारतमा निकै तीव्र गतिले परीक्षण गरिरहेको र प्राप्त तथ्याङ्क अनुमोदन हुने आशा गरेका छन् जसले गर्दा सेप्टेम्बर–अक्टोबरसम्ममा देशमा बालबालिकाका लागि खोप उपलब्ध हुने छ ।

डा। गुलेरियाले बताए अनुसार कोभाक्सिनको दुई वा तीन चरणको परीक्षण पूरा भएपछि केटाकेटीका लागि सेप्टेम्बर(अक्टोबर सम्ममा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कोभाक्सिन भारत बायोटेकद्वारा विकसित एक स्वदेशी खोप हो ।
डा। गुलेरियाले अझ प्रष्ट पार्दै भने ूबच्चाहरू लाई अक्सर हल्का रोग लागेको हुन्छ तर हामीले बच्चाहरूको लागि खोप विकास गर्नु आवश्यक छ किनभने यदि हामीले यस महामारीलाई नियन्त्रणमा राख्नुपर्छ भने सबैलाई खोप लगाउनुपर्छ। भारत बायोटेक र अन्य कम्पनीहरूले एकदमै छिटो परीक्षण गरिरहेका छन् किनभने आमाबाबुआफ्ना छोराछोरीसँग परीक्षणको लागि अघि बढेका छन्,ू

ूएउटा आशा छ कि परीक्षण चाँडै पूरा हुनेछ र सम्भवतः लगभग दुई(तीन महिनाको अनुगमनका पछि हामीसँग सेप्टेम्बर सम्ममा तथ्याङ्क हुनेछ। आशा छ, त्यस समय सम्ममा अनुमोदन हुनेछ र सेप्टेम्बर(अक्टोबरसम्ममा, हामीले बालबालिकालाई दिन सक्ने हाम्रो देशबाट खोपहरु पाउनेछौं,ू उनले थपे ।

उनले भारत बायोटेकले २ देखि १८ वर्षको उमेर समूह बीच परीक्षण सञ्चालन गरिरहेको र यसले व्यापक स्पेक्ट्रम ढाक्छू भने ।

जिडस क्याडिला खोपबारे सोधिएको प्रश्नमा उनले भने( यो डिएनए खोप हो, नयाँ प्लेटफर्म प्रयोग भइरहेको छ र यो हामीले गर्व गर्नुपर्ने कुरा होू । उनले थप्दै भने यो एउटा यस्तो प्लेटफर्म हो जसको लागि विगतमा देशमा अनुसन्धान गरिएको छैन ।

उनले अझ प्रष्ट पार्दै भने डेटा अझै पनि संकलन गरिदै छ र नियामक अनुमोदनका लागि डीसीजीआईमा डेटा पेश गर्न सक्षम हुने आशा गरिएको छ । यो कति छिटो तथ्यांक जम्मा गरेर नियामक निकायलाई दिन सक्षम हुन्छ, कम्पनीमा निर्भर हुनेछू।



प्रतिक्रिया दिनुहोस !