कांग्रेस नेतृ भुसालद्वारा अर्घाखाँचीमा स्वास्थ्य सामाग्री र खाद्यान्न हस्तान्तरण
सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले अर्घाखाँचीमा स्वास्थ्य सामाग्री र खाद्य सामाग्री वितरण गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रमकाबीच नेतृ भुसालले अर्घाखाँची अस्पताललाई १० लिटरका २ वटा अक्सिजन कन्सेन्ट्रेटरर, मास्क, स्यानीटाइजर, छत्रदेव गाउँपालिकालाई १ थान अक्सिजन कन्सेन्ट्रेटर, २ हजार थान मास्क, १० लिटर स्यानीटाइजर र शितगंगा नगरपालिकालाई १ थान अक्सिजन कन्सेन्ट्रेटरर मेसिन सहितका स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।
कांग्रेस नेतृ भुसालले मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकालाई २/२ हजार मास्क र १० लिटरका दरले स्यानीटाइज र नेपाल पत्रकार महासंघलाई स्यानीटाइजर र मास्क प्रदान गरेको नेपाली कांग्रेसका प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधव पौडेलले जानकारी दिए ।
त्यस्तै अविरल बर्षाका कारण बाढी र पहिरोका कारण घरबार विहीन भएकाहरूलाई राहत प्रदान गर्नका लागि नेतृ भुसालले ६ क्विन्टल चामल सहित दाल लगायतका खाद्य सामाग्री प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई हस्तान्तरण गरेकी छन् ।