८ माघ २०८१, मंगलबार

गण्डकी प्रदेशमा स्वास्थ्य सामाग्री तथा सुरक्षा उपकरण सहयोग

प्रकाशित मिति :  26 June, 2021 4:55 pm


कास्की । गण्डकी प्रदेश संक्रमण तथा सरुवा रोग अस्पताल र गाँउपालिकाका अस्थाई कोरोना अस्पताललाई कोभिड र्‍यापिड रेस्पोन्स स्वास्थ्य तथा सुरक्षा उपकरण सहयोग गरिएको छ ।

गुड नेबर्स इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोग साझेदारी संस्था नौलो घुम्ती नेपालको समन्वय तथा सहजिकरणमा साथै गैसस महासंघ कास्कीको समन्वयमा स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग उपलब्ध गराईएको हो ।

गण्डकी प्रदेश संक्रमण तथा सरुवा रोग अस्पताललाई रु ३,२३,७४०, मादी गाँउपालिकालाई रु २,१९,२५६, अन्नपूर्ण गाँउपालिकालाई रु १,८३,००६ र माछापुछ«े गाँउपालिकालाई रु १,८३,००६ गरि कुल रु. ९,०९, ००८ रकम बराबरको स्वास्थ्य तथा सुरक्षा उपकरण सहयोग उपलब्ध गराइएको समन्वयकर्ता नौलो घुम्ती नेपालले जनाएको छ ।

सहयोग अन्तर्गत अक्सिजन फ्लो मिटर ५० थान, अक्सिजन मास्क ११० थान, भेन्चुरी फेस मास्क ७० थान, रेजर्वभोयर ब्यग मास्क ११० थान, पिपिई सेट २०० थान, भिटिएम स्वाब कलेक्सन किट ११०० थान, एन्टिजेन किट ८०० थान, पल्स अक्सिमिटर ६० थान रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !