७ आश्विन २०८१, सोमबार

जातीय विभेद विरुद्व अर्घाखाँचीमा प्रर्दशन

प्रकाशित मिति :  26 June, 2021 5:35 pm


अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले जातीय छुवाछुत विरुद्ध प्रदेशन गरेको छ ।

काठमाडौंमा दलित युवतीमाथि जातीय विभेद भएको र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले विभेद गर्नेलाई साथ दिएको भन्दै अखिल क्रान्तिकारीले अर्घाखाँचीमा प्रर्दशन गरेको हो ।

अखिल क्रान्तिकारीले विभेदमा परेकी युवतीले प्रहरीमा जाहेरी दिएपछि दोषीलाई कारबाही गर्नुको साटो प्रहरी अनुसन्धानमा रहेकी घरबेटी सरस्वती प्रधानलाई शिक्षामन्त्री श्रेष्ठको निर्देशनमा छोडिएको भन्दै आपत्ति जनएको छ ।

प्रर्दशनका क्रममा अखिल क्रान्तिकारीका नेता नवीन खड्काले सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै शिक्षमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए । अखिल क्रान्तिकारी अर्घाखाँचीका अध्यक्ष बाबुराम नेपालीले अहिलेको सरकारले जातीय विभेद हल गर्न नसक्ने भन्दै वैज्ञानिक समाजवादी आवश्यक भएको बताए ।



प्रतिक्रिया दिनुहोस !