५ आश्विन २०८१, शनिबार

भारतमा हालसम्म २५ करोड मानिसले खोप लगाए

प्रकाशित मिति :  27 June, 2021 8:44 am


नयाँ दिल्ली । भारतमा हालसम्म कोभिड १९ बिरुद्धको २५ करोड मानिसले खोप लागाएका छन् ।

भारतमा हालसम्म २५ करोड मानिसहरुले खोप लगाईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो डोज मात्र २० करोड मानिसहरुले लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म १८ देखि ४४ बर्ष उमेरका १८ लाख ४५ हजार दुई सय एक जनाले पहिलो डोज लिएका छन् भने ११ लाख २६ हजार ३३ जनाले दोस्रो डोज पनि लगाईसकेका छन् ।

बिहार, दिल्ली, हरियाणा, कर्नाटका, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगना, ओडिसा, उत्तर प्रदेशमा १८ देखि ४४ बर्ष उमेर समुहका दश लाख मानिसहरुले कम्तीमा पहिलो डोज खोप लगाएका छन् । पछिल्लो तथ्यांक अनुसार भारतमा खोप लगाउने कुल जनसंख्या २५ करोड २८ लाख ७८ हजार सात सय दुई रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये, ४५ देखि ६० बर्ष उमेर समुहका सात करोड ५३ लाख ५६ हजार एक सय ७४ जनाले पहिलो डोज खोप लिएका छन् भने एक करोड १९ लाख ३५ हजार छ सय छ जनाले दोस्रो डोज पनि लगाइसकेका छन् ।

६० बर्षमाथि उमेर समुहका छ करोड २४ लाख ४५ हजार ५ सय ७० जनाले पहिलो डोज लगाएका छन् भने एक करोड ९८ लाख ६७ हजार ३ सय ५४ जनाले दोस्रो डोज पनि लगाइएसकेका छन् । भारतमा कोभिड १९ बिरुद्धको खोप तिब्र पारिएको छ ।



प्रतिक्रिया दिनुहोस !