७ आश्विन २०८१, सोमबार

सर्वोच्च अदालतले अवैधानिक भनेको महाधिवेशन अयोजक कमिटी बैठक बोलाउने एमालेको निर्णय

प्रकाशित मिति :  27 June, 2021 11:51 am


काठमाडौं । नेकपा एमालेलेले दशौं महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति लगायतका विषयमा उच्च तहमा छलफल गर्न बैठक बोलाएको बताए । उनले यही असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक काठमाडौंमा राख्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले महाधिवेशनका लागि सदस्यता नवीकरण गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेको थियो । गत जेठ २७ गते कर्णाली प्रदेशका बर्खास्त एमालेका ४ सांसदलाई पुनर्बहाली गर्दै सर्वाेच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा एमालेको दसौं महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएको उल्लेख गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !