फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा
काठमाडौं ।फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर आइतबारदेखि लिलामीमा बिक्रीमा राखेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ३४५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।
शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि लिलामीमा आएको अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् ।
शेयर खरीद गर्न ईच्छुक खरीदकर्ताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रोपर टेष्ट पूरा भएको हुनुपर्ने तथा अनुसूची ३ को विवरण पूरा भरी कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तथा नागरिकताको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।
उक्त सेयरमा लगानीकर्ताले साउन १७ गते आइतबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।