कुटपिटबाट घाइते बनेका मजदुरको उपचारको क्रममा मृत्यु
प्रकाशित मिति : 27 June, 2021 3:17 pm
संखुवासभा । संखुवासभा मा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका–४ का ३८ वर्षीय वसन्त शाहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।
कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गएराति मृत्यु भएको उनले बताए । गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । रासस