१२ मंसिर २०८१, बुधबार

टाटा ब्राण्डका गाडी खरिद गर्दा ज्योति विकास बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

प्रकाशित मिति :  27 June, 2021 3:19 pm


काठमाडौं । ज्योति विकास बैंक र स्रिपदी ट्रेडिङबीच सम्झौता भएको छ । टाटा ब्राण्डका पिकअप र कार्को गाडी खरिदको लागि स्रिपदी ट्रेडिङको सिफारिसमा बैंकले ७० प्रतिशत कर्जा दिने सम्झौता भएको बैकका सूचना अधिकारी रामहरी आचार्यले जानकारी दिए ।

सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र सिप्रदीको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पनि आम ग्राहकवर्गले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिद गर्दा ७० प्रतिशतसम्म सजिलै कर्जा पाउने भएका छन् । बैंकको देशैभरिका १०५ वटा शाखाहरुबाट सजिलै उक्त सवारी कर्जा लिन सकिने अधिकारी आचार्यले बताए ।

ज्योति विकास बैंकले देशभर हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ब्त्ः वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।



प्रतिक्रिया दिनुहोस !