७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा २ मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी, २ मन्त्री विना विभागीय नै

प्रकाशित मिति :  27 June, 2021 3:21 pm


कास्की । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् ।

विनाविभागीय मन्त्री हरिशरण आचार्य र राजीव गुरुङले अझै जिम्मेवारी पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !