८ माघ २०८१, मंगलबार

रोल्पामा एकल पुरुषलाई पनि सुरक्षा भत्ता

प्रकाशित मिति :  27 June, 2021 6:03 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ४ ले एकल पुरुषलाई पनि सुरक्षा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा वडा नं.४ ले ६० वर्षभन्दा माथिका एकल पुरुषलाई सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

गाउँपालिकाले वडालाई प्रदान गरेको ७० लाख रुपैयाँमा रहेर कार्यक्रम ल्याइएको अध्यक्ष गञ्जबहादुर क्षेत्रीले जानकारी दिए । वडा नं ४ का अध्यक्ष क्षेत्रीले निर्वाचित भएदेखि नै नयाँ नयाँ कार्यक्रम ल्याउने गरेका छन् ।

अघिल्लो वर्ष २० युनिटसम्म निशुल्क विजुली कार्यक्रम ल्याएका थिए । यस वर्ष नयाँ २ ओटा नयाँ कार्यक्रम ल्याइएको हो ।

वडा अध्यक्ष क्षेत्रीले भने,“एकल महिला झैँ वडामा पीडा र दु:ख पाएका एकल पुरुष पनि भएकाले उहाहरूलाई पनि वडाको तर्फबाट सहयोग स्वरूप यो कार्यक्रमको सुरुवात गरिएको हो र यसका लागि १ लाख ३० हजार रुपैयाँ  विनियोजन गरिएको छ ।”

यस्तै वडामा स्थायी ठेगाना रहेका सम्पूर्ण दलितहरु , अपाङ्ग र आसाहय २०७ घरधुरीलाई निस्शुल्क स्वास्थ्य बिमा गरिदिने अध्यक्ष क्षेत्रले जानकारी दिए । निशुल्क विमाका लागि ७,२५००० रुपैयाँ विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !